Friday, July 25, 2014

Filled Under: , ,

जापानमा उच्च शिक्षा अध्ययन: केही जानकारी


जापान बिश्वको अति बिकसित राष्ट्र जुन पुर्बि एशियामा छ, जसले मानवले गरेका अहिले सम्म संभव भएका प्रगति र बिकासको रुपलाइ आत्मसात गर्दै अगाडी बढिरहेको छ। संसारका सबैभन्दा महंगा शहरहरु टोकियो र ओशाका यहीं छन्। सामाजिक सुरक्षा तथा मानविय सुरक्षामा पनि यो देश अगाडीनै छ। बिकसित देश भएरपनि यसले प्राकृतिक बिपत्तीहरु खेप्नु परिरहेको छ, बिशेष गरी भुकम्पिय दृश्टीले अतिनै जोखिम क्षेत्र भएकोले पनी। यहाका संरचनाहरु पछिल्लो अबस्थामा आउदा भुकम्पिय कम्पन थेग्न सक्षम प्रबिधियुक्त छन त्यसैले कुनै त्यस्तो ठुलो नोक्सानी हुदैन तर मुख्यत भुकम्प पछिको सुनामी खतराको रुपमा रहेको छ।
विश्व बरियतामा ५० भित्र २ वटा मात्र जापानीजयुनीभर्सिटी पर्छन् यो बिशेस गरी, यहाका धेरै बिश्वबिध्यालयले जापानिज भाषामा मात्र पठनपाठन गराउने र अंग्रेजी  भाषामा थोरै मात्र बिषय पढाउने भएकोले यस्तो हुन गएको देखिन्छ। बिशेस गरि साइन्स, मेडिकल र ईन्जिनियरिगं सम्बन्धी क्षेत्रमा धेरै अनुसन्धान भैरहेका छन्। 


के पढ्न आउन मिल्छ त?
बिशेष गरि जापानमा पढ्न आउने नेपाली बिध्यार्थीको लागि यि बिभिन्न तह छन्
  • जापानिज भाषा अध्ययन 
  • ब्याचलर लेभलको अध्ययन 
  • मास्टर्स लेभल र
  • पि. एच. डी. 
यदि तपाई १०+२ पास गरेपछि जापानमा आएर पढ्न चाहनुहुन्छ भने सामान्य जापानिज भाषा सिकेर तपाई यहाका भाषा पाठशालामा भर्ना हुन सक्नुहुन्छ। नेपालमा धेरै यस्ता एजेन्सिहरु छन् जसले त्यस किसिमका काममा सहयोग र परामर्श दिन्छन्। तपाई यसरी आउदैहुनुहुन्छ भने आफैले कमाएर पालिनु र क्याम्पस फि बुझाउनु पर्ने दायित्व निभाउनु पर्ने हुन्छ यसका लागी तपाईले सक्दो काम गर्नु पर्ने हुन्छ यसमा छात्रबृत्तीको संभावना हुदैन। जापानमा बिधार्थिले कानुनी रुपमा मात्र हप्ताको २८ घण्टा काम गर्न पाऊछ र औसत कमाइ घण्टाको १००० एन जति हुन्छ। यहा अंग्रेजी पढाउने अबसरहरु पनी पाइन्छन यदी तपाइको राम्रो अंग्रेजी छ भने तर निकै कम मात्र संभावना हुन्छ, जसमा औसत कमाइ घण्टाको २००० जति हुन्छ। बस्न खान यदि तपाइ एक्लै बस्नुहुन्छ भने धेरै खर्च हुन्छ तर साथि संग मिलेर बस्दा केहि कमले चल्छ। तपाइको बसाइ र शहर हेरि मासिक खर्च धेरै तल माथि पर्छ, तैपनी ६०,०००-१४०,००० सम्म भन्न सकिन्छ।

यहाँ ब्याचलर लेभल पढ्न जापानिज भाषा जान्ने हुनुपर्छ (मात्र केहि बिषय र युनिभर्सिटि बाहेक) त्यसैले भाषा अध्ययन पछि मात्र यो संभव देखिन्छ। केहि बिश्व बिधालयले अंग्रेजि भाषामा पढाउने बिषयको लागि चाहि सिधै भर्ना लिने गर्छन। नेपालमा पनि प्रत्येक बर्ष जस्तो सेमिनार हरु हुने गर्छन र केहि बिधार्थीहरु लिने पनि गर्छन। २०१२ मा भएको कार्यक्रमको लिंक हेर्नुस यसरी आउदा तपाइले छात्रबृत्ती पनि पाउन सक्नुहुन्छ। साथै जापानिज सरकारको छात्रबृत्ति( MEXT-scholarship)  पनि पाउन सकिनेछ। यसको लागि तल हेर्नुहोला।

मास्टर्स र पि. एच. डी. पढ्न आउने लगभग एउटै प्रक्रिया छ। तपाई यहा पहिलेनै आइसक्नु भएको छ भने यहाको रेगुलर प्रक्रियामा भर्ना हुन सक्नु हुनेछ। अन्यथा तपाइले आफ्नो चाहनाको बिषय र सुपरभाइजर खोजेर संपर्क गरी प्रक्रिया पुरा गरेर भर्ना हुन सक्नु हुन्छ।
मुख्य हामीले बुझ्नु पर्ने कुरा यहाको सिस्टम हो जुन हामीले नेपालमा भोग्दै आएको भन्दा फरक हुन्छ, यहाँ प्राध्यापकहरुनै सर्बेसर्बा हुन्छन तपाइ उसकै निगरानीमा हुनुहुनेछ।


जापानमा उपलब्ध केहि छात्रबृत्तीहरु र यसका प्रक्रियाहरु

मुख्य त यहाँ पढ्नको लागी  निम्न छात्रबृत्तिहरु उपलब्ध छन। साथै अन्य छोटो अबधिका छात्रबृत्ती पनि उपलब्ध हुन्छन तर त्यसको लागी पहिले भर्ना भइसक्नु पर्नेछ।
  • ADB Scholarship यो लिंकमा गएर तपाइले आबश्यक जानकारी लिन सक्नुहुन्छ।
  • JASSO Scholarship यो लिंकमा गएर जापान सरकारको छात्रबृत्ती (MEXT) तथा अन्य पनि जानकारी लिन सक्नुहुन्छ।
  • Japanese Embassy Scholarship यो लिंकमा गएर embassy recommendation Scholarship संबन्धि जानकारी पाउनुहुनेछ।
MEXT-Scholarship मुख्य Undergraduate, Graduate and doctoral कोर्सको लागी उपलब्ध छ। साथै रिसर्च स्टुडेन्टको रुपमा पनि आबेदन दिन सकिनेछ, यसरी आउदा ६ महिना देखी २ बर्ष भित्रमा कुनै लेभलमा भर्ना हुनु पर्नेछ, रिसर्च स्टुडेन्ट स्टाटस भाषा सिक्न तथा प्रबेश परिक्षा तयारी गर्न प्रयोग गरिन्छ।

MEXT- scholorship प्राप्त गर्न दुई तरिकाबाट आबेदन गर्न सकिन्छ
Embassy Recommendation
University Recommendation
  1. आफ्नो देशको जापानीज दुतावास बाट जुन फर्म April मा खुल्छ तर यसको लागी आबश्यक कागजात तयारी पहिले नै गरीसक्नु पर्छ अन्यथा हतारमा छुट्न सक्छ। यदि तपाईको SLC पछिको सबै लेभलको औसत रिजल्ट ७५% भन्दा तल छ भने फर्म भर्नुमात्र हुनेछ।
  2. अर्को तरिका भनेको तपाईले आफुलाई मनलागेको बिषयको कुनै पनी जापानीज बिश्व बिध्यालयका professor संग सम्पर्क गर्नुहोस र उसको निर्देशन बमोजिम आबेदन दिनुहोस, आबेदन दिने समय र कोटा बिश्वबिध्यालय अनुसार फरक फरक पाउनुहुनेछ।
आबेदन दिंदा ध्यान दिनु पर्ने कुरा
तपाईंले STATEMENT OF PROPOSE लेख्दा बिशेस ध्यान दिनुहोस।
Recommendation Letter २-३ वटा चाहिनेहुदा त्यसको लागी सकेसम्म प्रोफेसरको लिनुहोस।
आफ्ना सबै बिबरण ठिक ढंगले भर्नुहोस।

तपाई कुनै प्रोफेसरलाई मेल गर्दै हुनुहुन्छ भने, पहिलो मेलमा आफ्नो छोटो परिचयमात्र दिनुहोस जहा तपाईको क्षमता र आकांक्षा देखियोस। एउटा मात्रै प्रोफेसरलाइ मेल गरेर रेस्पोन्स नआउन पनि सक्छ त्यसैले बिभिन्न युनिभर्सिटिका प्रोफेसरलाइ मेल गर्नुहोस र प्रतिक्षा गर्नुहोस, यदी एक पटकमा नभएमा दोस्रो पटक पनि केहि अन्तरालमा मेल गर्नुहोस किनकि उनिहरुले ब्यस्तता साथै अरु कुनै कारण पनि तपाइको मेल नदेखेको हुन सक्छन।

नोटः तपाईलाइ केहि सोध्न मन छ भने कमेन्टमा लेख्नुहोला 

-BEST OF LUCK-
(लेखक हाल क्योटो बिश्वबिध्यालयमा पिएचडिरत)