Saturday, December 20, 2014

Filled Under: , ,

नेसाज द्वारा बिशेष साधारण सभाको आह्वान, विधान संसोधनको तयारी

जापानमा नेपाली विध्यार्थी हरुको संगठन नेपाली बिध्यार्थि समाज, जापान (नेसाज) ले आफ्नो बिशेष साधारण सभा जनवरि २० देखि २५ सम्म गर्ने भएको छ। १४ बर्ष भन्दा पुरानो जापानमा रहेको यस नेपाली संस्थाले पहिलोपटक संस्थागत पुनसंरचना गर्ने गरि विधान संसोधनको तयारी गरेको छ । जापानमा नेपाली विध्यार्थी हरुको संख्या लगातार बढीरहेसङ्गै विविध समस्याहरु पनि बढीरहेको सन्ढर्भमा धेरै भन्दा धेरै विध्यार्थी हरुसम्म पहुच पुर्याउन, विद्यार्थी हरुलाई नेसाजमा आवद्द गर्न तथा स्थानिय स्तरमै बिबिध कार्यक्रमहरु संचालन गर्नका लागि स्थानिय स्तर मा नेट्वर्क बृदि गर्न सहयोग पुर्याउने गरी विधान संसोधन गर्न लगिएको हो ।
विधान संसोधनको पुर्व तयारी स्वरुप यही डिसेम्बर ६ तारिख का दिन टोक्यो मा छलफल कार्यक्रम आयोजना गरी सहभागि हरु बाट सुझाव हरु संकलन् गरिएको थियो। भर्खरै सम्पन्न कार्यसमिति बैठकले बिगतमा नेसाजमा नेतृत्वदायी भुमिका खेलिसक्नुभएका ब्यक्तित्वहरु सम्मिलित बिधान संसोधन सुझाव समिति गठन गरेको छ। समितिको संयोजकमा डा. वेद प्रसाद काफ्ले रहनु भएको छ । अन्य सदस्य हरुमा ॠषि राम पराजुली, जिज्ञान कुमार थापा, सरोज कंडेल र मदन पौडेल रहनु भएको छ । समितिलाई आवश्यक अध्ययन र सुझावको लागि जनवरी १५ सम्मको समयावधी दिइएको छ । समिती बाट प्राप्तहुने सुझावहरु समेटी संसोधित विधान लाई जनवरी तेस्रो हप्ता हुने बिशेष साधारण सभाबाट अनुमोदन गराउने तयारी रहेको छ ।