आज नेपालका समाचारहरु हेर्न साईटहरु ब्राउज गर्दै थिएँ, एउटा समाचार शिर्षकले मेरो ध्यान खिच्यो, जसको शिर्षक थियो "जापान जाने विद्यार्थी बढे" जुन नागरिक दैनिकमा छापिएको समाचार थियो। जापान सम्बन्धि कुनै पनि समाचारहरु हेर्न मन लागिहाल्छ त्यसमाथि पनि बिध्यार्थिहरु संग सम्बन्धित समाचार त पढ्ने नै भइहालियो। जसमा लेखिएको एक मुख्य अंश यस प्रकार छ।
"ओएसिस अब्रोड स्टडिज, बागबजारका अनुसार जापान जाने विद्यार्थीले न्यूनतम एउटा कम्पनीमा दैनिक ४ घन्टा काम गर्छन्, जसले उनीहरूको खाने, बस्ने र पढाइ खर्च पुग्छ। उनीहरूले अन्य कम्पनीमा पनि ४–४ घन्टाका दरले गरेर दैनिक १२ घन्टा काम गर्दा मासिक ३ लाखसम्म कमाउन सक्छन् र खर्च कटाएर मासिक १ देखि डेढ लाखसम्म बचत गर्न सक्छन्। ‘नेपालमा विद्यार्थीका लागि पार्टटाइम कामको व्यवस्था छैन, त्यसैले काम गरेर पढ्न यहाँ गाह्रो छ,' चौधरीले भनिन्, ‘जापानमा कामसँगै पढाइलाई पनि निरन्तरता दिन सकिने भएकाले जापान जान विद्यार्थी उत्साही भएका हुन्।' जापानमा बसेर केही समय मेहनत गर्दा पढाइसँगै हुने कमाइले भविष्यलाई सुनिश्चित गर्न सकिने उनको भनाइ छ। "
यो माथीको अशं पढेपछि समयले मलाई फेरी घोरिएर सोच्न बाध्य बनायो, यसै महिनाको शुरुमा टोकियोमा रहेर बिध्यार्थी साथिहरुका समस्याहरुका बारेमा छलफल र समाधानका लागी उपायहरुको छलफल कार्यक्रम गरिएको थियो, जसमा बिशेषत भर्खरै जापान आईपुगेका साथिहरुका समस्या धेरै सुनिए जुन जसमा मुख्य समस्या लाग्थ्यो सहि परामर्शको अभाव।
काम गर्न कसले कति पाउछन? |
म आफु त्यो प्रक्रियाबाट नआएकोले पनि शुरुका केही महिना नेपालका कन्सल्टेन्सी मार्फत भाषा पढ्न आउने बिध्यार्थिका समस्याबारे उति जानकारी थिएन तर समयसंगै नेसाजमा रहेर काम गर्दा धेरै कुराहरु बुझ्न पाएँ र महसुस गर्न पाएँ।कहिलेकाहीं त लाग्थ्यो हामी जापान जान पाउने भए जे सुकै होस जान्छु भनेर हिड्छौं, सायद त्यहाँ परामर्शदाताद्वारा सहि कुरा नै भनिन्छ भन्ने लाग्थ्यो। तर यो समाचारको अंस पढेपछि लाग्यो ति परामर्श दाता नभएर दुवाली छेकेर, बल्छि झुन्ड्याउदै माछा मार्न किनारामा बसेका माझिहरु हुन।
जापानमा बिध्यार्थि भिषामा आउने जोसुकैले काम गर्न पाउने भनेको हप्तामा अधिकतम २८ घण्टा हो जस हिसाबले दैनिक ४ घण्टा अधीकतम हो कानुनी हिसाबले, जसलाई न्युनतम भनिएको छ। यो कामको समयको कुरा भयो अझै अरु के के झुटा आश्वासन भरेर पठाउछन त्यो कल्पना गर्न सकिन्छ।
मुख्य समस्या त्यहाँ देखाईने यस्तै सपनाहरुले बिध्यार्थिमा हुने मानसिक असर हो जुन जापानमा धेरै देखिन थालेको छ र यो संख्या अझै बढ्ने निश्चित छ। यसै महिना एक जना बिध्यार्थि भाई दुख पोख्दै थिए, "हामीलाई नेपालबाट ऊडेपछि नेपालको परामर्शदाता कम्पनिले बेवास्ता गर्यो, एअरपोर्टमा लिन समेत कोहि आएन अन्त्यमा अन्य समुहका साथ आएर एक रात चिसो कोठामा बिताउनु पर्यो। उहाँबाट भाषा खासै नसिकाई पठाए जसले गर्दा म आज बैंकमा खाता खोल्न जान समेत सक्दिन, काम टन्नै गर्न पाईन्छ, काम हामी नै मिलाईदिन्छौं भनेर भने तर आएको डेढ महिना भइसक्यो मैले काम पाएको छैन बरु काम खोजिदिन्छु भनेर कमिसन माग्ने दलाल मात्रै भेटेको छु"
यस्ता समस्या सामान्य हुन थालेका छन यहाँ किनकि खोला किनारमा मझिहरुको संख्या थपिंदो छ।
यस्ता समस्या सामान्य हुन थालेका छन यहाँ किनकि खोला किनारमा मझिहरुको संख्या थपिंदो छ।
यसरी खुलेआम गैरकानुनी रुपमा ठगि गर्नेहरुलाई कारबाही गर्ने कसले??
यहाँको बास्तविकताका केही बुँदा
१) कानुनत काम गर्न पाउने भनेको हप्तामा २८ घण्टा मात्रै हो।
२) भाषामा राम्रो नभइ काम पाउन गार्हो छ।
३) आउना साथ काम पाउने संभावना छैन करिब ३-४ महिनासम्म पनि लाग्न सक्छ।
४)कामको प्रकृति हेरेर कमाई भनेको घण्टको ८००-१२०० सम्म हो केहि बिशेष काम बाहेक
तपाईंपनि गलत आश्वासनको सिकार बन्नु भएको छ? आउनुहोस यथार्थतालाई बाहिर ल्याउन सहयोग गरौं, नेसाज यसको लागी लागीरहेको छ र लागी रहने छ।
यी पनि पढ्नुहोस