Friday, December 19, 2014

Filled Under: , ,

तपाईंको MRP बन्यो कि बनेन भनेर चिन्तित हुनुहुन्छ? यसरी आफैं चेक गर्नुस.... बिस्तृतमा

तपाईं नेपालमा हुनुहुन्छ या बिदेशमा? तपाईंले पासपोर्ट बनाउन फारम भर्नुभएको थियो? कति समय भयो भर्नुभएको? तपाईंलाई आफ्नो पासपोर्ट बन्यो कि बनेन या ता रिजेक्ट पो भयो की भन्ने पिर लागिरहेको छ? अब यो समस्या धेरै नलिनुहोस, आफैंले चेक गर्नुहोस। ईन्टरनेटबाटै अब तपाईले तपाईको पासपोर्ट बने नबनेको थाहा पाउनुहुन्छ यसका लागी तलको प्रक्रियाहरु अपनाउनुहोस।
१) तपाईले कहाँबाट फारम भर्नुभएको हो? त्यसै अनुरुप तल क्लिक गर्नुहोस।



२) अब तपाईं यो तल देखाईएको जस्तै वेबसाईटमा पुग्नुहुन्छ।

३) राहदानी बनिसकेको र सम्बन्धित कार्यालयमा पठाईसकेको बारे हेर्न Dispatched मा, बिबिध कारण बन्न नसकेको बारे हेर्न Rejected मा अनि राहदानि बिभागमा पुगेकोबारे हेर्न Received मा क्लिक गर्नुहोस।

४) यदि तपाईंको फारम भरेको सम्बन्धित कार्यालयको नाम देखिएन भने या पहिलेका लटको पनी जानकारी लिन मन लाग्यो भने सर्च गर्ने ठाउँमा गएर माथि चित्रमा japan टाइप गरेको जस्तै आफ्नो सम्बन्धित कार्यालयको ठेगाना टाईप गर्नुहोस।
नेपालमै बुझाएकाका लागी जिल्लाको नाम
बिदेशबाट बुझाएकाका लागी देशको नाम टाईप गर्नुहोस।

५) अब नाम सहितको लिस्ट हेर्न Lot No./Ref. No लेखेको कोलममा रहेको निलोमा लेखिएको Ref No.. मा क्लिक गर्नुहोस। यहाँ क्लिक गरेपछि नाम लिस्ट सहितको अर्को पेज खुल्नेछ। अब त्यहाँ चेक गर्नुहोस। Dispatched date को तल कहिले राहदानी बिभागबाट सम्बन्धित कार्यालयमा पठाएको भन्ने बारे पनि लेखिएको छ, सो पनि चेक गर्नुहोस।

नोटः राहदानि बिभागमा प्राप्त भएका भनिएका मा नाम लिस्ट उपलब्ध छैन। बनिसकेका या रिजेक्ट भएका मात्र नामहरुको लिस्ट उपलब्ध छ।