Monday, January 12, 2015

Filled Under: , ,

होसियार!!! पैसा दिने भन्दै तपाईंको नाममा मोबाईल निकाल्न खोज्लान

जापानमा नेपाली बिध्यार्थिहरुको चाप जति बढ्दैछ उतिनै ठगिका बिबिध रुपहरु देखिन थालेका छन। नयाँ आउने बिध्यार्थिहरुको भावनामा खेल्दै यहाँ रहेका केही नेपालीबाटनै नेपाली बिध्यार्थिहरु ठगिने क्रम बढेको छ। 
असिमित सपनाका महलहरु खडा गरेर नेपालबाट भर्खरै जापान आइपुगेका बिध्यार्थिहरु आफ्ना पहिला २-३ महिनामा नै धेरै ठगिने गरेका छन। कतै काम लगाईदिने बहानामा पैसा लिएर ठगी भईरहेको छ त कतै उसको नाममा मोबाईल निकालिदिए यति, उति पैसा दिने भन्दै।
अहिले जापानमा तपाईंलाई पैसा दिन्छु भनेर एउटै बिध्यार्थीको नामबाट धेरै मोबाईलहरु निकाल्ने क्रम बढेको छ। यसरी तपाईको नामबाट निकालिएको मोबाईल कुनैपनि अपराधिक काममा प्रयोग हुन सक्छ र त्यसपछि तपाँई फस्नुहनेछ।त्यसैले बेलैमा सजग होऔं आफ्नो नाममा कुनै पनि सामान अरुलाई दिने गरी नलिऔं, यदि तपाईको नाममा भएको मोबाईल कुनै पनि अपरिचितले लिएको छ भने तुरुन्त ति सबै नम्बरहरु बन्द गरिहाल्नुहोस।
बिध्यार्थिहरु माझ अर्को समस्या भनेको काम लगाईदिन्छु भन्दै पैसा लिने तर काम नलगाईदिने या लगाईदिए पनि केहि महिनामै कुनै तिकडम लगाएर निकालिदिने अनि फेरि त्यसरि नै अर्कोलाई राखिदिने।
यस्ता धेरै गुनासोहरु नेसाजमा आईरहेका छन, हामीले सुचना संकलन गरिरहेका छौं। तपाईंहरु पनि यदि ठगिमा पर्नुभएको छ भने हामीलाई सप्रमाण सुचना दिनुहोस। हामीले कारबाहीका लागी सक्दो पहल गर्नेछौं।
कुनैपनि सुचना या जिज्ञासाहरु तपाईंले नेसाजको फेसबुक पेजमा गएर पनि राख्न सक्नुहुन्छ।