Tuesday, May 10, 2016

Filled Under: , , ,

टोकियोमा एक दिने सिम्पोजियम हुने, भूकम्पका बारे विशेष सेसन

जापानमा रहेका नेपाली इन्जिनयरहरूको संस्था नेप्लिज इन्जिनियर्स एसोसियसन, जापान (NEAJ) र नेपाली विद्यार्थी समाज जापान (NESAJ)को संयुक्त आयोजनामा यही जुन १८ तारिक शनिबार टोकियोमा एक दिने सिम्पोजियमको आयोजना हुने भएको छ। यस कार्यक्रमको थिम प्रविधि तथा विकास नीति रहेको छ। यसका लागि डा. वेद काफ्लेको संयोजकत्वमा ८ सदस्यीय आयोजक समिति गठन भएको छ। जापानमा रहेर विविध विषयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले आ-आफ्नो अध्ययन अनुसन्धानका बारेमा यसकार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेछन।


यस कार्यक्रममा भूकम्प सम्बन्धी बिषेस सेसन पनि हुने भएको छ जसमा नेपालको गतवर्षको भूकम्प लगायत अन्य भूकम्प तथा भूकम्प प्रतिरोधी विज्ञान तथा प्रविधिहरूका बारे कार्यपत्रहरू प्रस्तुत हुनेछन।
यस सिम्पोजियममा आफ्नो कार्यपत्र प्रस्तुत गर्नको लागि २ पेजको कार्यपत्र यही जुन २ तारिकसम्म neajsymposium@gmail.com मा पठाउनु पर्नेछ। छानिएका कार्यपत्रहरू मात्रै यस सिम्पोजियममा प्रस्तुत हुने छन जसको सूचना जुन ६ तारिकमा प्रस्तुतकर्ताले पाउनेछन।
मुख्यत नेपालीकै कार्यपत्रहरू प्रस्तुत हुने, नेपाली समुदायले जापानमा गरिरहेका अध्ययन अनुसन्धान बारेमा बुझ्ने मौका साथै अन्तर्क्रिया समेत हुने हुनाले यस कार्यक्रममा सहभागीता जनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आयोजक समिति हार्दिक अनुरोध गर्दछ।
सिम्पोजियम हुने मितिः जुन १८ तारिक २०१६
पेपर बुझाउने अन्तिम दिनः जुन २ तारिक
स्विकृत पेपरबारेको जानकारीः जुन ६ तारिक
स्थानः युनिभर्सिटि अफ टोकियो ( ठाउँको लागि विस्तृत बिबरण पछि उपलब्ध हुनेछ)