Monday, August 21, 2017

जापानमा नेपालीहरुले पाउन लक्ने बिभिन्न सरकारी तथा प्राइभेट छात्रवृत्तिहरु

Tuesday, June 7, 2016

, ,

भिमा कुमारी बचाउ अभियानमा नेसाज कोष मार्फत सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिगत नाम र रकमको बिबरण

भिमा कुमारी श्रेष्ठ जसको मुटुको भल्ब फेर्ने शल्यक्रियाका लागी आबश्यक १५० मान येन सहोयगका लागी हामीले सञ्चालन गरेको अभियानमा धेरै संघसंस्था तथा महानुभावहरुले हातेमालो गर्नुभएको छ। जुनसुकै अभियानमा पारादर्शिता र उत्तरदायित्व हुनुपर्छ भन्ने मान्यता नेसाजको सधैं नै रहिआएको छ। अझै यस्ता अभियानहरुमा हुने सहयोगहरु एकद्वार प्रणालीबाटै हुनसकेमा सुनमा सुगन्ध नै हुनेछ। हामी अन्य संघसंस्था तथा महानुभावहरुमा पनि बिध्यार्थिका लागी नेसाजले चलाएको अभियानमा तपाईंको संस्था या तपाईंले ब्यक्तिगत रुपमा गर्ने सहयोग नेसाजमार्फत नै गर्नुभएमा झनै आभारी हुनेछौं जसको पारादर्सिता र उत्तदायित्व संस्थागत रुपमा रहिरहनेछ। भोली बिध्यार्थी बाहेकका अन्य सहयोगहरुमा अन्य सम्बन्धित संस्थाहरुका अभियानमा नेसाजले पनि उसैगरि सहयोग गर्ने नै छ र यस्तो प्रणालीको बिकास हुनसके हामी सबैलाई राम्रो हुनेछ भन्ने पनि हामीलाई लागेको छ।
सहयोग को लागि:-
NESAJ को खाता JP Bank A/C No: 11200-20354451

नेसाजको खातामा सहयोग जम्मा गर्नुहुने महानुभावहरुको नामावली नेसाजको फेसबुक पेज तथा यहि पेजमा राखिने जानकारी गराउँदछौं। जम्मा भएको सम्पुर्ण रकम भिमा कु. श्रेष्ठलाई हस्तान्तरण गरिनेछ।

यस अभियानमा हालसम्म प्राप्त सहयोगको बिबरण यसप्रकार छ। (यो प्रारम्भिक लिस्ट हो यसमा अन्य नाम तथा रकमहरु थपिदै जानेछन।)
संकलित रकमको बिबरण
S.N. Name Amount  Remarks
1 NESAJ Fund and executive members of NESAJ 50000 Seed Fund
2 Ran Bd. Ale 7000  
3 Purushottam Lamichhane 3000  
4 Bibek Gurung 4000  
5 Jeeban Amgain 5000  
6 Jyoti Acharya 3500  
7 Dinesh Basnet (Narendra) 3100  
8 Mohan Babu Shrestha 5000  
9 Shankar Bhusal 2000  
10 Bikash Basnet 3000  
       
  Total 85600  

Sunday, June 5, 2016

, , ,

मुटु रोगी भिमा कुमारी श्रेष्ठको सहयोगका लागी नेसाजद्वारा ५०,००० को प्रारम्भिक कोष घोषणा, थप सहयोगका लागी अपिल

आदरणीय जापानबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु

विगत लामो समय देखि जापान मा रहेका नेपाली बिध्यार्थिहरुको साझा सस्था नेपाली बिध्यार्थी समाज जापान (नेसाज)ले नेपाली बिध्यार्थीक अध्ययन तथा अन्य समस्यालाई सहयोग पुग्ने गतिविधि गर्दै आएको जानकारी यहाँहरु माझमा छदै छ। नेपाल बाट अध्ययनको लागि जापानमा आएका हामी जस्तै बिध्यर्थी साथिहरुको लागि सन् १९९७ मा स्थापित यसस्था ले बिबिध रचनात्मक गतिविधि गरिरहेको कुरा व्यक्त गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ। हामी जस्तै अध्ययन को एउटा सपना बोकेर सन् २०१४ मा जापान आएकी चेली सुश्री. भिमा कुमारी श्रेष्ठ जि को मुटुको भल्ब मा गम्भीर समस्या देखापरेर Nerimaa Hikarigaka हस्पिटलमा उपचाररत रहेको खबर सुन्न पर्दा हामी अत्यन्तै दुखित भएका छौ।
मुटु जस्तो संबेदनसिल अङग त्यसमा पनि भल्वले काम गर्न नसक्ने भै Third Stage मा पुगिसकेको भन्ने खबरले हामी झन मर्माहित भएका छौ। बिरामी सुश्री. भिमा कुमारी श्रेष्ठ जि को आर्थिक अबस्था पनि त्यति सबल नरहेको र मुटुको भल्ब परिवर्तनको लागि पनि १५० मान आबस्यक रहेको र सो को लागि भिमा जि ले जापानबाशी नेपालमा गर्नु भएको अनुरोधलाई स्विकार गर्दै उहाको यो दुखमा साथी बन्ने निर्णय नेसाजले गरेको कुरा यहाहरु सम्पुर्णमा हार्दिक जानकारी गराउन चहान्छौ।
उहाको यस दुखको घडिमा यस सस्थाको बचत कोष बाट २०,००० येन साथै कार्यसमितिका सबै सदस्यले ब्यक्तिगत सहयोग गरि ५०,००० येनको सहयोग कोष स्थापना गर्ने निर्णय गरेका छौं। यस रकमले उहाँको उपचारमा केहि हदसम्म सहयोग पुग्ने बिश्वासका साथ उपचारमका लागी आबश्यक थप रकमका लागी आआफ्नो अवस्था अनुसार सकेको सहयोग गरिदिनुहुन हुन जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा हामी हार्दिक अनुरोध गर्दछौं
नेपाली बिध्यार्थी समाज जापान (नेसाज)
सहयोग को लागि:-
NESAJ को खाता JP Bank A/C No: 11200-20354451

नेसाजको खातामा सहयोग जम्मा गर्नुहुने महानुभावहरुको नामावली नेसाजको फेसबुक पेज तथा आधिकारीक ब्लग blog.nesaj.info मा राखिने जानकारी गराउँदछौं। जम्मा भएको सम्पुर्ण रकम भिमा कु. श्रेष्ठलाई हस्तान्तरण गरिनेछ।

हालसम्म प्राप्त सहयोगको बिबरण यहाँ गएर हेर्न सकिनेछ।

Tuesday, May 10, 2016

, , ,

टोकियोमा एक दिने सिम्पोजियम हुने, भूकम्पका बारे विशेष सेसन

जापानमा रहेका नेपाली इन्जिनयरहरूको संस्था नेप्लिज इन्जिनियर्स एसोसियसन, जापान (NEAJ) र नेपाली विद्यार्थी समाज जापान (NESAJ)को संयुक्त आयोजनामा यही जुन १८ तारिक शनिबार टोकियोमा एक दिने सिम्पोजियमको आयोजना हुने भएको छ। यस कार्यक्रमको थिम प्रविधि तथा विकास नीति रहेको छ। यसका लागि डा. वेद काफ्लेको संयोजकत्वमा ८ सदस्यीय आयोजक समिति गठन भएको छ। जापानमा रहेर विविध विषयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले आ-आफ्नो अध्ययन अनुसन्धानका बारेमा यसकार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेछन।


यस कार्यक्रममा भूकम्प सम्बन्धी बिषेस सेसन पनि हुने भएको छ जसमा नेपालको गतवर्षको भूकम्प लगायत अन्य भूकम्प तथा भूकम्प प्रतिरोधी विज्ञान तथा प्रविधिहरूका बारे कार्यपत्रहरू प्रस्तुत हुनेछन।
यस सिम्पोजियममा आफ्नो कार्यपत्र प्रस्तुत गर्नको लागि २ पेजको कार्यपत्र यही जुन २ तारिकसम्म neajsymposium@gmail.com मा पठाउनु पर्नेछ। छानिएका कार्यपत्रहरू मात्रै यस सिम्पोजियममा प्रस्तुत हुने छन जसको सूचना जुन ६ तारिकमा प्रस्तुतकर्ताले पाउनेछन।
मुख्यत नेपालीकै कार्यपत्रहरू प्रस्तुत हुने, नेपाली समुदायले जापानमा गरिरहेका अध्ययन अनुसन्धान बारेमा बुझ्ने मौका साथै अन्तर्क्रिया समेत हुने हुनाले यस कार्यक्रममा सहभागीता जनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आयोजक समिति हार्दिक अनुरोध गर्दछ।
सिम्पोजियम हुने मितिः जुन १८ तारिक २०१६
पेपर बुझाउने अन्तिम दिनः जुन २ तारिक
स्विकृत पेपरबारेको जानकारीः जुन ६ तारिक
स्थानः युनिभर्सिटि अफ टोकियो ( ठाउँको लागि विस्तृत बिबरण पछि उपलब्ध हुनेछ)


Thursday, April 21, 2016

, ,

[स्थानको बिस्तृत बिवरण सहित] जापानीज भाषा बक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा

नेसाज जापानिज भाषा बक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २०१६ को सम्पुर्ण तयारी पुरा भएको छ। यस कार्यक्रममा बक्तित्वकला प्रतियोगितामा भाग लिने बिध्यार्थिहरु सात जना हुनेछन। बिप्लव बनाियाँ, हितेश खड्का, राजिब राई, स्नेहा जोशी, सिन्चुरी शेर्पा, दिपिका कँडेल र निर्मला गुरुङ बिच प्रतिस्पर्धा हुनेछ। बिजेता तथा उपबिजेताले ट्रफि, प्रमाणपत्रका साथै नगद क्रमश २५,००० येन र १५,००० येन हात पार्नेछन भने अन्य सहभागीहरुले प्रमाणपत्र तथा प्रोत्साहन स्वरुप नगद २,००० येन प्राप्त गर्नेछन। यसैगरी नेपाली बिध्यार्थिहरुले नेपाली संस्कृति झल्कने गित तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नेछन।


यस कार्यक्रममा सहभागीलाई कुनै शुल्क तोकिएको छैन। यस कार्यक्रमलाई नेपाली दुताबास टोक्यो, NRN Japan, NRN Kansai को सहयोग रहेको छ। क्योदाई रेमिट्यान्स मुख्य प्रायोजक रहेको यस कार्यक्रममा बिन्दु रेस्टुरेन्ट तथा D & T Nepal ले प्रायोजन गरेका छन। यस्तै सह प्रुायोजकहरुमा दिल्ली रेस्टुरेन्ट, सुरज रेस्टुरेन्ट, गांगिज रेस्टुरेन्ट, नमस्ते ताजमहल तथा क्रियटिभ युथक्लब रहेका छन।

यस कार्यक्रममा उपस्थित भई बिध्यार्थिको हौसला बढाउन तथा मनोरञ्जन लिन हामी सम्पुर्णमा अनुरोध गर्दछौं। यसै कार्यक्रममा कुमामोतो भूकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्दाञ्जली कार्यक्रम पनि राखिने छ।

कार्यक्रम बारे  बिस्तृत जानकारी

मितिः २०१६ अप्रिल २३ तारिक
समयः ठिक १ः४० बजे
स्थानः 13-30 Shinmachi, Daito, Osaka, 574-0037

大東市立総合文化センター サーティホール

तल म्यापमा देखाईएको स्थान

नजिकैको स्टेसनः JR Suminodo station जे आर सुमीनोदो स्टेसन

सजिलोको लागी गुगल म्यापमा 0728730030 नम्बरको लोकेसन सर्च गर्नुहोला


क्योटो, कोबे र नारा स्टेसनबाट जाने रेल्वेलाईन हरु सम्बन्धी जानकारी




Saturday, April 16, 2016

,

NESAJ-Kansai को निर्वाचन पेज

NESAJ-Kansai को निर्वाचन प्रक्रिया शुरु भएको छ। पहिलो चरणमा अप्रिल १८ तारिक सम्म उमेद्वारी दर्ताको कार्यक्रम रहेको छ।
ओसाका, कोबे, नारा, क्योटो लगायत ठाउंहरुमा पढ्नुहुने र बस्नुहुने नेपाली बिध्यार्थि साथीहरुले उमेद्वारी दर्ता गराउन सक्नुहुनेछ। उमेद्वारी दर्ताको लागी तलको फर्म भर्नुहोला। (उमेद्वारी दर्ताको समय सकिएको छ)

NESAJ-Kansai का लागी प्राप्त उमेद्वारीहरु

क्र सं. नाम नेसाज परिचय नं पद
रमेश प्रसाद पाठक १६०१००८ संयोजक
मदन खड्का १६०१००५ उप संयोजक
तेज प्रकाश गुरुङ १६०१००२ कोषाध्याक्ष
कमल कार्की १६०१०१२ सदस्य
सृष्टी पुन १६०१००७ "
बिप्लव बानियाँ १६०१०१५ "
पुर्ण प्रसाद गर्बुजा १६०१०११ "
पुष्पराज तामाङ १६०१०१६ "
दिपेन्द्र रिमाल १६०१०१४ "
१० करिष्मा कुँवर १६०१०१० "
११ हितेश खड्का १६०१०१३ "
उमेद्वारी माथी कुनै दाबी बिरोध या उमेद्वारी फिर्ताको समय २० अप्रिल बेलुकी ५ बजेसम्मको रहेकोमा उक्त समय भित्र कुनैपनि दाबी बिरोध नपरेको तथा फिर्ता पनि नभएकोले सबै उमेद्वारी हरु कायम रहेका छन।
यस निर्बाचनमा सबै पदमा एक मात्रै उमेद्वारी परेका कारण सम्पुर्ण उमेद्वारहरु निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै निर्बाचन कार्यक्रम अन्त्य भएको छ।
नेसाज-कान्साईका निर्बाचित सबै पदाधिकारिहरुले यहि अप्रिल २३ तारिक ओशाकामा हुने कार्यक्रमका बिच सपथ लिने कार्यक्रम रहेको छ।

Tuesday, April 5, 2016

जापानमा अध्ययनका लागी उपलब्ध केही छात्रबृत्तीहरु


बिकसित देश जापान, बिज्ञान प्रबिधिको उच्चतम प्रयोग गरेर आजको स्थितिमा पुगेको छ। उच्च शिक्षा अध्ययनका लागी जापान एक आकर्षक गन्तब्य हो। यहाँ अध्ययनका लागी बिबिध शिर्षकमा छात्रबृत्तिहरु पाईन्छन। मुख्यत जापानमा पढ्नको लागी  निम्न छात्रबृत्तिहरु उपलब्ध छन। साथै अन्य छोटो अबधिका छात्रबृत्ती पनि उपलब्ध हुन्छन तर त्यसको लागी पहिले भर्ना भइसक्नु पर्नेछ।
  • ADB Scholarship यो लिंकमा गएर तपाइले आबश्यक जानकारी लिन सक्नुहुन्छ, यो छात्रबृत्ती कम्तिमा आफ्नो पेशामा २ बर्षे अनुभव भएका उच्च शिक्षा हासिल गर्न चाहने उत्कृष्ट बिध्यार्थि(!) हरुलाई प्रदान गरिन्छ। जापानीज सरकारले प्रदान गर्ने छात्रबृत्ति भन्दा यसमा केही बढी सुबिधा हुन्छन र निश्चित पढाईको समाप्ति पश्चात आफनो देश फर्कनै पर्ने हुन्छ।
  • MEXT-Scholarship मुख्य Undergraduate, Graduate and doctoral कोर्सको लागी उपलब्ध छ। साथै रिसर्च स्टुडेन्टको रुपमा पनि आबेदन दिन सकिनेछ, यसरी आउदा ६ महिना देखी २ बर्ष भित्रमा कुनै लेभलमा भर्ना हुनु पर्नेछ, रिसर्च स्टुडेन्ट स्टाटस भाषा सिक्न तथा प्रबेश परिक्षा तयारी गर्न प्रयोग गरिन्छ।

MEXT- scholorship प्राप्त गर्न दुई तरिकाबाट आबेदन गर्न सकिन्छ
Embassy Recommendation
University Recommendation
  1. आफ्नो देशको जापानीज दुतावास बाट जुन फर्म April मा खुल्छ तर यसको लागी आबश्यक कागजात तयारी पहिले नै गरीसक्नु पर्छ अन्यथा हतारमा छुट्न सक्छ। यदि तपाईको SLC पछिको सबै लेभलको औसत रिजल्ट ७५% भन्दा तल छ भने फर्म भर्नुमात्र हुनसक्नेछ। Japanese Embassy Scholarship यो लिंकमा गएर embassy recommendation Scholarship संबन्धि जानकारी पाउनुहुनेछ।
  2. अर्को तरिका भनेको तपाईले आफुलाई मनलागेको बिषयको कुनै पनी जापानीज बिश्व बिध्यालयका professor संग सम्पर्क गर्नुहोस र उसको निर्देशन बमोजिम आबेदन दिनुहोस, आबेदन दिने समय र कोटा बिश्वबिध्यालय अनुसार फरक फरक पाउनुहुनेछ।
  • JASSO Scholarship यो लिंकमा गएर जापान सरकारको छात्रबृत्ती (MEXT) तथा अन्य बिबिध छात्रबृत्तिहरुको बारे पनि जानकारी लिन सक्नुहुन्छ।
यि छात्रबृत्ति संगै बिबिध संस्थाहरुले प्रदान गर्ने छात्रबृत्तिहरुबारे सम्बन्धित बिश्वबिध्यालयहरुको वेबसाईटमार्फत जानकारी लिन सक्नुहुन्छ।

हामीले यस पेजमा अन्य बिबिध छात्रबृत्तीका बारे पनि अपडेट गर्दै गर्ने छौं। 

आबेदन दिंदा ध्यान दिनु पर्ने कुरा
तपाईंले STATEMENT OF PROPOSE लेख्दा बिशेस ध्यान दिनुहोस।
Recommendation Letter २-३ वटा चाहिनेहुदा त्यसको लागी सकेसम्म प्रोफेसरको लिनुहोस।
आफ्ना सबै बिबरण ठिक ढंगले भर्नुहोस।

तपाई कुनै प्रोफेसरलाई मेल गर्दै हुनुहुन्छ भने, पहिलो मेलमा आफ्नो छोटो परिचयमात्र दिनुहोस जहा तपाईको क्षमता र आकांक्षा देखियोस। एउटा मात्रै प्रोफेसरलाइ मेल गरेर रेस्पोन्स नआउन पनि सक्छ त्यसैले बिभिन्न युनिभर्सिटिका प्रोफेसरलाइ मेल गर्नुहोस र प्रतिक्षा गर्नुहोस, यदी एक पटकमा नभएमा दोस्रो पटक पनि केहि अन्तरालमा मेल गर्नुहोस किनकि उनिहरुले ब्यस्तता साथै अरु कुनै कारण तपाइको मेल नदेखेका पनि हुन सक्छन।

यो पनि पढ्नुहोसः

महत्वपुर्ण लेखहरु

कार्यक्रम