Tuesday, April 5, 2016

Filled Under:

जापानमा अध्ययनका लागी उपलब्ध केही छात्रबृत्तीहरु


बिकसित देश जापान, बिज्ञान प्रबिधिको उच्चतम प्रयोग गरेर आजको स्थितिमा पुगेको छ। उच्च शिक्षा अध्ययनका लागी जापान एक आकर्षक गन्तब्य हो। यहाँ अध्ययनका लागी बिबिध शिर्षकमा छात्रबृत्तिहरु पाईन्छन। मुख्यत जापानमा पढ्नको लागी  निम्न छात्रबृत्तिहरु उपलब्ध छन। साथै अन्य छोटो अबधिका छात्रबृत्ती पनि उपलब्ध हुन्छन तर त्यसको लागी पहिले भर्ना भइसक्नु पर्नेछ।
  • ADB Scholarship यो लिंकमा गएर तपाइले आबश्यक जानकारी लिन सक्नुहुन्छ, यो छात्रबृत्ती कम्तिमा आफ्नो पेशामा २ बर्षे अनुभव भएका उच्च शिक्षा हासिल गर्न चाहने उत्कृष्ट बिध्यार्थि(!) हरुलाई प्रदान गरिन्छ। जापानीज सरकारले प्रदान गर्ने छात्रबृत्ति भन्दा यसमा केही बढी सुबिधा हुन्छन र निश्चित पढाईको समाप्ति पश्चात आफनो देश फर्कनै पर्ने हुन्छ।
  • MEXT-Scholarship मुख्य Undergraduate, Graduate and doctoral कोर्सको लागी उपलब्ध छ। साथै रिसर्च स्टुडेन्टको रुपमा पनि आबेदन दिन सकिनेछ, यसरी आउदा ६ महिना देखी २ बर्ष भित्रमा कुनै लेभलमा भर्ना हुनु पर्नेछ, रिसर्च स्टुडेन्ट स्टाटस भाषा सिक्न तथा प्रबेश परिक्षा तयारी गर्न प्रयोग गरिन्छ।

MEXT- scholorship प्राप्त गर्न दुई तरिकाबाट आबेदन गर्न सकिन्छ
Embassy Recommendation
University Recommendation
  1. आफ्नो देशको जापानीज दुतावास बाट जुन फर्म April मा खुल्छ तर यसको लागी आबश्यक कागजात तयारी पहिले नै गरीसक्नु पर्छ अन्यथा हतारमा छुट्न सक्छ। यदि तपाईको SLC पछिको सबै लेभलको औसत रिजल्ट ७५% भन्दा तल छ भने फर्म भर्नुमात्र हुनसक्नेछ। Japanese Embassy Scholarship यो लिंकमा गएर embassy recommendation Scholarship संबन्धि जानकारी पाउनुहुनेछ।
  2. अर्को तरिका भनेको तपाईले आफुलाई मनलागेको बिषयको कुनै पनी जापानीज बिश्व बिध्यालयका professor संग सम्पर्क गर्नुहोस र उसको निर्देशन बमोजिम आबेदन दिनुहोस, आबेदन दिने समय र कोटा बिश्वबिध्यालय अनुसार फरक फरक पाउनुहुनेछ।
  • JASSO Scholarship यो लिंकमा गएर जापान सरकारको छात्रबृत्ती (MEXT) तथा अन्य बिबिध छात्रबृत्तिहरुको बारे पनि जानकारी लिन सक्नुहुन्छ।
यि छात्रबृत्ति संगै बिबिध संस्थाहरुले प्रदान गर्ने छात्रबृत्तिहरुबारे सम्बन्धित बिश्वबिध्यालयहरुको वेबसाईटमार्फत जानकारी लिन सक्नुहुन्छ।

हामीले यस पेजमा अन्य बिबिध छात्रबृत्तीका बारे पनि अपडेट गर्दै गर्ने छौं। 

आबेदन दिंदा ध्यान दिनु पर्ने कुरा
तपाईंले STATEMENT OF PROPOSE लेख्दा बिशेस ध्यान दिनुहोस।
Recommendation Letter २-३ वटा चाहिनेहुदा त्यसको लागी सकेसम्म प्रोफेसरको लिनुहोस।
आफ्ना सबै बिबरण ठिक ढंगले भर्नुहोस।

तपाई कुनै प्रोफेसरलाई मेल गर्दै हुनुहुन्छ भने, पहिलो मेलमा आफ्नो छोटो परिचयमात्र दिनुहोस जहा तपाईको क्षमता र आकांक्षा देखियोस। एउटा मात्रै प्रोफेसरलाइ मेल गरेर रेस्पोन्स नआउन पनि सक्छ त्यसैले बिभिन्न युनिभर्सिटिका प्रोफेसरलाइ मेल गर्नुहोस र प्रतिक्षा गर्नुहोस, यदी एक पटकमा नभएमा दोस्रो पटक पनि केहि अन्तरालमा मेल गर्नुहोस किनकि उनिहरुले ब्यस्तता साथै अरु कुनै कारण तपाइको मेल नदेखेका पनि हुन सक्छन।

यो पनि पढ्नुहोसः